काश्‍मीरमा खतरनाक भूकम्प: दिल्लीसम्म हल्लियो, पाँचको मृत्यु, ५० घाइते - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

काश्‍मीरमा खतरनाक भूकम्प: दिल्लीसम्म हल्लियो, पाँचको मृत्यु, ५० घाइते



एजेन्सी- पाकिस्तान प्रशासित क्षेत्र काश्‍मीरमा ६.३ म्‍याग्निच्यूडको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

पाकिस्ताको राजधानी इस्लामाबादबाट १३४ किलोमिटरको दूरीमा पाकिस्तान अधिकृत क्षेत्र काश्मीरको मीरपुर केन्द्रविन्दु भएको भूकम्प गएको भारतीय तथा पाकिस्तानी सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्।

रिपोर्टका अनुसार भूकम्पको केन्द्र ४० किलोमिटरको गहिराइमा रहेको छ भने दिउँसो ३ बजेको समयमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो।

भकम्पले मीरपुरबो सडक चीराचिरा परेको छ भने सवारी साधन गुडिरहेकै अवस्थामा रोकिनु परेको छ। त्यहाँका स्थानीयहरुले सामाजिक सञ्‍जालमा भूकम्पले भत्काएको सडक र घरहरुको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिरहेका छन्।

यता, भूकम्पको धक्‍का उत्तरी भारतको आसपास क्षेत्रमा समेत महसुस गरिएको छ।