कार्यकाल विशेष बनाउने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कार्यकाल विशेष बनाउने प्रचण्डको घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आशा जगाउने, गतिलो सन्देश दिने र विशेष हुने काम गर्ने बताएका छन् । उनले यो पटक विशेष कार्यकाल बनाउने घोषणा समेत गरेका छन् ।

बिहान नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

बैठकमा प्रचण्डको भनाई उदृत गर्दै एक पदाधिकारीले भने, “अर्थतन्त्रको सुधार गर्न चाहन्छौं । जनतामा नयाँ विश्वास जगाउने गरि काम गर्छौं । कोरोना महामारीले जनतामा निरासा छाएको छ । अब यसलाई सम्बोधन गर्ने गरि अगाडि बढ्छौं । विकासकै काममा ध्यान दिने हो । भष्ट्राचारविरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौं ।”