एनआरएनए निर्वाचन लक्षित सर्ट मुभी ‘कार्कीको भोट’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एनआरएनए निर्वाचन लक्षित सर्ट मुभी ‘कार्कीको भोट’



एडिलेड । गैर आवासीय नेपाली संघ (एनआरएनए)अष्ट्रेलियाको आगामी कार्यकालको निर्वाचन नजिकिँदै गर्दा इनास साउथ अष्ट्रेलियाले निर्वाचन लक्षित जनचेतनामूलक छोटो चलचित्र सार्वजनिक गरेको छ ।

इनास साउथ अष्ट्रेलियाको ब्यानरमा निर्माण भएको उक्त छोटो चलचित्रमा निर्देशन आरसी थापाले गरेका छन् भने अभिनय आरसी थापा, विकास शर्मा पोखरेल, मिलन दाहाल, नारायण खड्का, एलिना पाण्डे र बिपना थापाले गरेका छन ।

‘कार्कीको भोट’ नाम दिइएको उक्त छोटो चलचित्रले मनोरञ्जन सँग सँगै सामाजिक सन्देश दिने दाबी गरिएको छ । एनआरएनए अष्ट्रेलियाका मतदातालाई आफ्नो स्वतन्त्रताको प्रयोग गर्न प्रेरित गर्ने उक्त छोटो चलचित्रले राम्रो नेतृत्व चयनमा भूमिका खेलोस् भन्ने कथाकारको धारणा रहेको इनास साउथ अष्ट्रेलियाका अध्यक्ष मिलन दाहाल बताए ।