करिश्मा बोहराले एसइइ उत्तीर्ण गरिन् - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

करिश्मा बोहराले एसइइ उत्तीर्ण गरिन्



काठमाडौँ

बैतडीकी करिश्मा बोहराले घरबाटै माध्यमिक शिक्षा परीक्षा (SEE) दिएकी थिइन्। उनले ‘सी प्लस’ ग्रेड ल्याएर सो परीक्षा उत्तीर्ण गरेकी छिन्।

बिहीवार प्रकाशित एसइइको नतिजाअनुसार करिश्माले २.१५ जीपीए प्राप्त गरेकी छिन्। यो जानकारी शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले दिएका हुन्।

करिश्मा बोहराको घर दशरथचन्द नगरपालिका-२ देहीमाडौँ हो। शारीरिक अपाङ्गता भएकाले उनलाई घरबाटै परीक्षा दिने अनुमति दिइएको थियो। । उनी दशरथचन्द नगरपालिका-२ स्थित निङ्गलाशैनी मावि देहीमाडौँकी परीक्षार्थी थिइन् र उनको परीक्षा केन्द्र दशरथचन्द नगरपालिका-१ मणीलेक मावि गुरुखोला थियो ।

अवस्थीले भने, ‘शारीरिक अपाङ्गता भइ हिँडडुल गर्न नसक्ने उनी ह्वीलचेयर चलाउन सक्दिनन्। त्यसैल उनका लागि घरमै परीक्षा दिने व्यवस्था मिलाएका हौँ। अपाङ्गमैत्री बाटो नहुँदा शिक्षा विकास तथा समन्वय इकाईले घरमै परीक्षा दिने व्यवस्था मिलाएको हो।’

करिश्माले एसइईपछि राम्रो बिषय लिएर उच्च शिक्षा आर्जन गर्ने विचार गरेको बताइन्; भनिन्, ‘घरपरिवारको सरसल्लाह बमोजिम पढाई अगाडि बढाउँछु।’ यसरी घरबाटै एसइइ दिने परिक्षार्थी करिश्मा पहिलो भएको कुरा समन्वय इकाई बैतडीका प्रमुख अवस्थीले बताए। करिश्माको घरमा हुने परीक्षाका लागि एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरिएको थियो ।