पत्रकारमाथी आक्रमण गर्नेलाई कारबाहीको माग - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

पत्रकारमाथी आक्रमण गर्नेलाई कारबाहीको माग



कैलाली – धनगढीमा रहेको दिनेश सञ्चार गृहका पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै धनगढीका पत्रकार आन्दोलित भएका छन् ।

पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको २ दिन हुन लाग्दा समेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै नेपाल पत्रकार महासङ्घ कैलालीले आइतबारदेखि चरणबद्ध आन्दोलनको सुरुवात गरेको हो ।

आन्दोलन अन्तर्गत आज पहिलो दिन पत्रकारहरूले धनगढीको पार्क मोडबाट जिल्ला प्रशासनसम्म र्‍यालीको आयोजना गरेका छन्। जिल्ला प्रशासन कार्यालय अगाडी पत्रकारहरूले कोणसभा गर्दै पत्रकार कुटपिटमा संलग्नहरूलाई तत्काल पक्राउ गर्न माग गरेका थिए ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५ –२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए ।