क्षेत्रीय स्तरको ब्याडमिन्ट खेलमा सहभागी हुन जाने खेलाडीलाई बिदाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्षेत्रीय स्तरको ब्याडमिन्ट खेलमा सहभागी हुन जाने खेलाडीलाई बिदाई



कपिलवस्तु । राष्ट्रिय खेलकुद परिषद च्याम्पेन्सीप अन्र्गत मंगलवार देखि पोखरामा सुरु हुने पश्चिमाञ्चल क्षेत्रीय ब्याडमिन्टन प्रतियोगीतामा जिल्लाबाट सुहभागी हुने टोलीलाई सोमवार तौलिहवामा बिदाई गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले तौहिलामा ५ सदस्यीय टोलीलाइए बिदाई गरेको हो ।

समितिको ब्याडमिन्ट प्रशिक्षक राजेश प्रताप शाक्यले खेलाडीहरु उज्जल श्रेष्ठ, राम बर्मा, कुशल शर्मा, डेबिट केसी तथा प्रशिक्षक त्रिबिक्रम जोशीलाई फुलमाला र खादा ओढाई बिदाई गरेका थिए ।

प्रतियोगीतामा खेलाडीहरुले आफै तथा बुद्धज्योति र सिद्धार्थ बोडिङ स्कुल र कपिलवस्तु नगरपालिका वडा नम्बर १ बाट रकम संकलन गरेका छन ।

आर्थिक अभावले महिलाहरुलाई प्रतियोगीतमा पठाउन नसकिएको प्रशिक्षक शाक्यले बताए । प्रतियोगीता २ खिन सम्म चल्ने छ ।