विवाह बहाना बनाई सिमा कटाउने बिचौलीय प्रहरि नियन्त्रणमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विवाह बहाना बनाई सिमा कटाउने बिचौलीय प्रहरि नियन्त्रणमा



माधव बेल्वासे
कपिलवस्तु । विवाहको बहानामा सिमा कटाउन थालेको विचौलीया कपिलवस्तुको कृष्णनगर वाट प्रक्राउ परेको छ ।मानब बेचबिखनको बदलिदो स्वरुपसंगै बिभिन्न सोेझा सिधा चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने चरणहरु पनि फरक फरक रहेको छ ।

मानब बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा लागेको संस्था के.आई नेपाल र नेपाल प्रहरी कृष्णनगरले एक बिचौलीयको नियन्त्रण सहित चेलीको उद्धार गरेको छ ।उद्धार गरीएकी चेली दर्बा¨ म्याग्दी बस्ने मनकुमारि (नाम परिबर्तन) रहेकि छन भने लैजाने बिचौलीय कपिलबस्तु बाणगंगा २ बनगाई बस्ने पार्बती भटराई रहेकि छन् ।

भट्राईले केहि महिना अगाडी मात्र चिनजान गरेकी सामान्य लेखपढ भएकी निज मनकुमारिलाई महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका एक धर्मको दाई रहेको र उनी राम्रो बानी ब्यहोरा भएको र उनीलाई बिबाहा गराईदिने भनि प्रलोभनमा पारी सिमा कटाउन लागेको वताइएको छ ।

बोर्डरमा रोकेपछि दाई भारतमा रहेको र भाउजुलाई भेट गराउन लान लागेको भनि बोर्डर कट्न लाग्नु र भारतबाट धर्मको दाई भन्नेले पटक पटक फोन गरि कहां आईपुग्यौ भनि रहनु र पिडित चेलीको परिवारलाई कुनै पनि जानकारि नभएपछि संकाको घेरामा रहेको ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख शुभास गैरेले जानकारी दिनु भयो
गैरेका अनुसार धर्मको दाई भन्ने जसको नाम नै खुलाउन नचाहने र लैंजाने प्रकृया गलत र बिभिन्न बहाना बनाएको कारण र कानुनी दायरामा ल्याउनु परेको ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख शुभास गैरेले जानकारी दिनु भयो ।गैरेका अनुसार यस घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै त्यसको खोजी कार्य जारि जारि राख्ने बताउनु भयो ।

अभिभाबकलाई जानकारी दिए पश्चात आफूहरुलाई कुनै जानकारी नभएको र रोकिदिन आग्रह गरेको र चेलीलाई के.आई नेपालको संरक्षणमा राखिएको र अभिभाबको स्वृकृती भए आत्मा निर्भर गराउने उदेश्यले सुरक्षित आवास गृह चितवन पठाउने के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।