यस्ता छन शैलेश प्रताप शाहका चुनावी एजेण्डा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

यस्ता छन शैलेश प्रताप शाहका चुनावी एजेण्डा



कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा संघिय समाजवादी फोरम नेपाल पार्टीका विद्यायक पदका उम्मेदवार शैले प्रताप शाहले जिल्लाको पश्चिम क्षेत्रको विकासमा निरन्तर लागेकोले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ ।

स्थानीय क्षेत्रको विकाससँगै जिल्ला तथा देशको समग्र विकासका लागि संघिय समाजवादी फोरमलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभएको छ । धरातल अनलाईनसँगको विशेष कुराकानीमा उहाँले यस क्षेत्रमा उच्च स्तरीय कलेज निर्माण गर्ने, महिलाको लागि छुट्टै उच्च स्तरीय कलेज निर्माण गर्ने लगायतका भौतिक पूर्वाधारका कार्यहरु बनाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आरटिओ सडकमा कृषि गोदामको निर्माण, प्रत्येक गाउको मुल बाटो जोडने कृषि बाटो, कृषि प्राविधिकको उचित ब्यवस्था, उन्नतजातका पशुपालनका लागि बृडिङ सेन्टरको स्थापना, आफनो क्षेत्रका एक दर्जन पशुपालक कृषकलाई प्रत्येक बर्ष मुररा भैसी पुरुस्कार स्वारुप प्रदान गर्ने, सिटी भिटी स्कील ट्रेनिङ ईन्सिच्युटको स्थापना, प्रत्येक गाउ तथा सार्वजनिक स्थलमा सार्वजनिक सौचालयको स्थापना, मेडिकल कालेजको स्थापना, कृष्णनगर तथा बहादुरगंजमा वाई फाई जोनको स्थापना, उच्च शिक्षा डिग्री कालेज आादि लगायतका सामाजिक कार्य गर्ने आफ्ना मुख्य एजेण्डा रहेको शाहले बताउनुभयो ।

युवा पुस्ताहरुको साथ नै आफ्नो जित्ने आधार भएको उहाँको भनाई छ ।