कपिलबस्तुमा गाउं गाउंमा प्रचार - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

कपिलबस्तुमा गाउं गाउंमा प्रचार



कपिलवस्तु : आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन नजिकदै जादा नेपाली कागे्रसका उमेद्धारहरु घरदौलो तथा कोण सभामा निरन्तर लागेका छन् ।

निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभाको लागी उमेद्धार बनेका सुरेन्द्रराज आर्चाय र प्रदेश सभा उमेद्धार सुधाकर पाण्डेयले आज यशोधरा गाउंपालिका वडा नं २ रंगपुरका विभिन्न गाउंमा घरदौलो तथा कोण सभा सम्पन्न गरेका छन् ।

रंगपुर, कर्जाहवा, पुन्निहवा, रतनपुर , भैसैया लगायतका गाउंमा प्रचार प्रसारमा पुगेको नेपाली कागे्रस कपिलवस्तुले जनाएको छ । प्रचारको क्रममा सिमा क्षेत्रमा रहेको उक्त वडाका जनताका समस्या तथा सुझाव संकलन गरेको र उक्त सुझावहरुको समाधान गर्ने प्रतिवद्धता जनाएको प्रदेश सभाका उमेद्धार सुधाकर पाण्डेयले बताए ।

सो क्रममा क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेय, जिल्ला सदस्य ओम प्रकाश गुप्ता, माधव पराजुली, क्षेत्रिय सचिव देबेन्द्र कुमरा पाण्डेय, युवा नेता बलराम तिवारी वडा अध्यक्ष श्यामनारायण उपाध्याय लगायतको उपस्थिती रहेको थियो । त्यस्तै कपिलवस्तु प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ ले चुनावी भेटघाट तथा प्रचार प्रसारलाई तिव्रता दिएको छ । आज विभिन्न स्थानमा प्रचार प्रसार कार्यालयहरु स्थापना गर्नुका साथै भेटघाट तथा घरदैलो कार्यक्रमहरु सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ ।

सोहि सन्दर्भमा पचेहरामा कार्यकर्ता भेला एवं प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ । महासमिति सदस्य ललित गुरुङको सभापतित्व, भारतका लागि पूर्व राजदुत एवं प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुका उमेद्धार दिप कुमार उपाध्यायको प्रमुख आतिथ्यता, निवर्तमान सांसद एवं नेपाली कांग्रेश निर्वाचन परिचालन समिति कपिलवस्तुका संयोजक अत्तहर कमालको विशिष्ट आतिथ्यता, क्षेत्र १ प्रदेश १ का उमेद्धार पुरन थारुको विशिष्ट आतिथ्यता, क्षेत्रीय सभापति मन्नान खाँ, जिल्ला सदस्य लोकनाथ शर्मा, टे«ड युनियन कांग्रेशका केन्द्रिय सदस्य विमला गैह्रे, पूर्व महासमिति सदस्य डोलकराम घिमिरे लगायतको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेशका नेता कार्यकर्ता तथा स्थानियहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै कमालले पार्टी भित्र कुनै प्रकारको मत भिन्नता नरहेको भन्दै नेपाली कांग्रेशलाई विजयी बनाउनका लागी एक ढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।