आफ्नै हात जगन्नाथ: कानुनमन्त्रीले नै कानुन मिचेपछि... - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

आफ्नै हात जगन्नाथ: कानुनमन्त्रीले नै कानुन मिचेपछि…



जनकपुरधाम । कानुनमन्त्री उपेन्द्र यादवले नै कानुन मिच्ने काम गरेका छन् । नेपालको कानुन दैवले जानुन भनेझैं उनले आफैले त्यो उदाहरंको पात्र बनेका छन् ।

चुनाव प्रचार–प्रसारमा बहालवाला मन्त्रीहरु सहभागी हुन नपाउने निर्वाचन आयोगको आचारसंहिता(कानुन) छ । तर उनि वास्ता नै नगरी बुधबार महोत्तरीको पिपरामा चुनाव प्रचारकै लागि पुगेका छन् ।

आगामी शनिबार महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्न मन्त्री यादव काठमाठौंबाट मधेस पुगेका छन्। यसअघि मन्त्री यादवले भक्तपुरमा पुगेर चुनावीसभालाई सम्वोधन गर्दै मत मागेका थिए ।

पछिल्लो समय विवादकै घेरामा रहेका यादव यओ पटक पनि विवादित बनेका छन् । अब हेर्न बाँकी छ उनलाई सरकारमा सामेल भएको र कानुन आफ्नै हातमा भएकोले निर्वाचन आयोग वा सरकारले एक्सन लिन्छ वा आफ्नै हात जगन्नाथ बन्छ ।