विवादित नेता देवेन्द्रराज कँडेलको लज्जास्पद हार - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

विवादित नेता देवेन्द्रराज कँडेलको लज्जास्पद हार



काठमाडौं- नेपालको दुई वटा र भारतको एउटा नागरिकता भएको आरोप लागेका कांग्रेस नेता देवेन्द्रराज कँडेलले लज्जास्पद तरिकाले हारेका छन् ।

उनलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुबबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रधानले १५ हजार १७० को फराकिलो मतान्तरले कांग्रेस नेता कँडेललाई पराजित गरेका हुन्।

प्रधानले ३७ हजार ७६४ मत ल्याउँदा कँडेलले १९ हजार ५९४ मत पाएका छन्।

२०७४ सालको निर्वाचनमा कँडेलले वाम गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी केन्द्रका घनश्याम यादव अहिरलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै एमालेका दिपेन्द्रकुमार अधिकारीले १४ हजार ५०२ र राष्ट्रिय स्वतन्त्र पार्टीका मदनलाल पौडेलले ५ हजार ३४१ मत ल्याएका छन्।