विष्टले बुझाए ज्ञापनपत्र - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

विष्टले बुझाए ज्ञापनपत्र



पदम ओझा बौनिया/कैलाली   कैलालीको बर्दगोरीया गाउपालिका २ बर्दगोरीयामा संचालित असाहयका लागी सहयोगी हातहरु नेपालका अध्यक्ष बल बहादुर विष्टले जोशिपुर गाउपालिका र भजनी नगर पािलकामामा ज्ञापन पत्र बुझाउनु भएको छ ।
कैलाली जिल्ला लगाएत प्रदेश नं. ७ लाई मानवरोड मुक्त गर्ने आशय लिएका विष्टले सहारा घर संचालानार्थ कैलाली जिल्लाका विभिन्न गाउपालिका र नगरपािलकालाइृ ज्ञापन पत्र बुझाउने  कार्यक्रम रहेको बताउनु भयो ।
विष्टले आज जोशिपुर गाउपालिका र भजनी नगरपािलकामा अशाय,अशक्त,र अपाङग कसैले पनि रोडमा जिवन विताउन नपारोस भन्ने उद्देश्यमा साथ ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापन पत्र बुभ्mदै जोसीपुर गाउपालिका अध्यक्ष कृष्ण चौधरीले विष्टदाई धन्यबाद दिदै यो कार्य एकदमै राम्रो भएको बताउनु भयो । साथै चौधरीले रोडमा जिवन विताईरहेका असाय हरुको सहारा बन्नु सरायिन कार्य भएको बतानु भयो । उहाले आगामी आर्थिक वर्षमा यस संस्थाका लागी आफुले थोरै भए पनि रकम विनियोजित गर्ने बताउनु भयो ।
यसै गरी भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले विष्टले गर्दै आएको कामको प्रशासा गर्दै सवैले सकारात्मक सोच राखे कैलाली जिल्ला मानव रोड मुक्त जिल्ला घोषणा गर्न सहज हुने बताउनु भयो ।
साथै चौधरीले  यो काम नगरपालिका र गाृपालिकाकाले गर्नुपर्ने भएतापनि एक सहाराघरले संचालन गरेको हुदा आफुलाई निकै खुशि लागेको बताउनु भयो ।
 यस्तै विष्टले  यो भन्दा पहिले टीकापुर नगरपालिका ,लम्की चुहा नगरपालिका रबर्दगोरीया गाउपालिकामा समेत ज्ञापन पत्र बुझाई सकेका छन भने भोली कैलालीका अन्य नगरपालिका र गाउपालिकामा बुझाउने कार्यक्रम रहेको विष्टले जानकारी दिनु भयो ।