कोटेश्वर–कलंकीमा पाँच वटा आकाशे पुल - Himal Post Himal Post
  • ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

कोटेश्वर–कलंकीमा पाँच वटा आकाशे पुल



काठमाडौं । कलंकी–कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो ।

काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरु बनाउन लागेको जनाएको छ ।

सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताए । (नेपाल समाचारपत्र दैनिक)