कैलालीको मझगाउँबाट सुखड, भजनी हुँदै बर्दिया पुगेकी थिइन् ११ वर्षिया संक्रमित बालिका - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कैलालीको मझगाउँबाट सुखड, भजनी हुँदै बर्दिया पुगेकी थिइन् ११ वर्षिया संक्रमित बालिका



विशाल पाण्डेय / कैलाली ।

बर्दियाको राजापुर नगरपालिका- ५ की ११ वर्षीय बालिकामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको टीकापुर नगरपालिकासंग सिमा जोडिएको बर्दियाको राजापुर नगरपालिमा भेटिएकी संक्रमित बालिका आफ्नो हजुरआमा संग लकडाउन हुन भन्दा पहिला कैलालीको खुटिया(मझगाउ) पुगेकी खुलेको छ । उनि आफ्नो हजुरआमा संग आफन्तको घरमा आएकी र एक महिना मझगाउ बसेकी थिइन् ।

खुटियाको करिब १ महिनाको बसाइँ पछि संक्रमित बालिका उनकी हजुरआमासंग बैशाख १३ गते सुखड हुँदै राती भजनी नगरपालिका-१ भजनि आफ्नो घरमा पुगेको आफन्त कवि परियारले बताए । महिला परियारको सासू आमा र संक्रमित बालिका सालाको छोरी(भदैनी) रहेको कविले बताए ।

आफ्नो घरवाट १६ गते हिडेकी संक्रमित बालिका र महिला
राजापुर नगरपालिकको क्वारेन्टाईनमा १६ गते नै बसेको छोरी निर्मला परियारले बताइन् । उनले भनीन ,’आफन्त बिरामी भएर लक डाउन भन्दा पहिला आमा र नानी मझगाउ आफन्त भेट्न आउनु भएको थियो ।’ लक डाउन भएर त्यही करिब १ महिना भन्दा बढी बसेर १३ गते भजनी आउनु भएको र १६ गते बर्दिया फर्किएर राजापुर नगरपालिकको क्वारेन्टाईनमा रहनु भएको थियो ।’ कसरी र कहाँ बाट कोरोनाको लक्षण देखा पर्‍यो सुन्ने बित्तिकै छागाबाट खसे जस्तो भयो । ‘

१६ गते रेडक्रसको एम्बुलेन्समा चिसापानी सम्म पुगेकी संक्रमित महिला र उनको हजुरआमालाई उद्बार गरि १६ गते नै क्वारेन्टाइनमा राखिएको हुँदा कि त एम्बुलेन्स वा क्वारेन्टाइन बाटनै कोरोना संक्रमित भएको हो कि भन्ने आशंका रहेको महिलाको ज्वाइँ कविले बताए ।

भजनीमा रहेका आफन्तको र्‍यापिट टेस्टमा रिपोर्ट नेगेटिभ

कैलालीको मजगाउबाट सुखड, भजनी हुँदै बर्दिया पुगेकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएका आफन्तको र्‍यापिट टेष्ट गरीएको छ । भजनी नगरपालिका- १ मा रहेको आफन्त कवि परियारका घर परिवारको आज र्‍यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हो भने उता संक्रमित बालिका संगै रहेकी उनकी हजुरआमाको रिर्पोट पनि नेगेटिभ आएको हो ।

घरमा रहेका ५ जना परिवारको र्‍यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृति सिंह बि.क.ले जानकारी दिए । उनीहरुको आज बिहान नमुना संकलन गरी र्‍यापिट टेस्टमा रिपोर्ट नेभेटिभ आएपछि थप परिक्षणका लागी स्वाब संकलन गरी धनगढी पठाईएको उनले जानकारी दिए । पीसीआर बिधिको रिपोर्ट भोलीसम्म आउने उनको भनाई रहेको छ।

मझगाउँमा ९६ जनाको स्वाब संकलन, गाउँ नै सिल

कैलालीको गोदावरी नगरपालिका -८ मजगाउँमा ९६ जनाको स्वाव संकलन गरिएको छ । केहिदिन अगाडी सो क्षेत्रबाट गएकी बर्दियाको राजापुर नगरपालिका–५ घर भएकी बालीकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका ९६ जनाको आज स्वाव संकलन गरिएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विर बहादुर कुँवरले जानकारी दिए ।

कुवरका अनुसार , बालीका बसेको घर लगायत उनको सम्पर्कमा आएका ९६ जनाको स्वाव संकलन गरिएको र बुधबार बिहान अन्य ४० जनाको स्वाब संकलन गरिनेछ ।
शाखा प्रमुख कुवरले स्थानीयहरु त्रसित भएको हुँदा बालिका बसेको गाउँ नै सिल गरेको समेत जानकारी दिए ।