कैलालीको जोनापुरमा ठुलो धनराशिको फुटबल प्रतियोगिता हुदै  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीको जोनापुरमा ठुलो धनराशिको फुटबल प्रतियोगिता हुदै 



कैैैलाली । फुटबलको उर्बरभुमिका रुपमा चिनिने कैलालीको गोदावरी नगरपालीका – ८ जोनापुरमा ठुलो धनराशिको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानिय मदरल्याण्ड युथ क्लबले प्रथम पुरस्कार दुइ लाख रहने गरी मदरल्याण्ड युथ कप २०७५ को आयोजना गर्न लागेको हो । मंसिर २९ देखि पुष ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा स्थानिय स्तरका चर्चित १६ टोलीको सहभागिता रहने आयोजक क्लबले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रथम पुरस्कार नगद २ लाख रहेको प्रतियोगिताको उप बिजेताले १ लाख पुरस्कार पाउने प्रतियोगिताका संयोजक गोपाल चौधरीले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाइ पनि पुरस्कारको ब्यबस्था गरीएको क्लबका अध्यक्ष श्रबण चौधरीले जानकारी दिए ।

“हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका सबै खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै खेलाइने छन । करीब एक हप्ता सम्म चल्ने प्रतियोगिताले स्थानिय खेलाडीहरुलाइ मद्धत पु¥याउने कैलाली फुटबल संघका अध्यक्ष मोहित शाहले बताए ।