कैलालीका टेकेन्द्र र्‍यापमा जम्दै (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीका टेकेन्द्र र्‍यापमा जम्दै (भिडियो सहित)



ललित जाग्री / कैलाली ।
प्रदेश न. ७ को कैलाली बाट गीत संगीतमा केहि योगदान पुर्‍याउन भनि कलिलै उमेरमा काठमाडौं पसेका गायक तथा र्‍यापर टेेकेन्द्र रोकाया पछिल्लो पटक र्‍यापमा जन्दै आएका छन् । र्‍यापर टेकेन्द्र चम्पा चमेली बोलको गीतमा र्‍यापरको भुमिका रहे संगै फेरि चर्चामा आउन थालेका छन् ।

भर्खरै बजारमा आएको नमराज बरालको उत्कृष्ट स्वर र जय बरालको लय सिर्जनामा रहेको चम्पा चमेली बोलको गीतमा हेमराज थापा संगीतकारको भुमिका रहेका छन् भने टेकेन्द्र रोकायाले गितमा र्‍याप गरेका छन्।

मारुणी डिजिटल स्टुडियो बाट बजारमा आएको चम्पा चमेली गीतमा रोशन सिंह र पुजन घिमिरे मोडल हुन् । उक्त गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् । सोही गीतको अरेन्जमा पुस्कर सुनुवार छन् भने क्यामेरामा प्रकाश खड्का रहेका छन् ।

भिडियो हेर्नुहोस :

https://youtu.be/HhOFXDgQApo