१ लाख ५६ हजार नगदसहित कैलालीबाट २८ जुवाडे पक्राउ - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

१ लाख ५६ हजार नगदसहित कैलालीबाट २८ जुवाडे पक्राउ



कैलाली । कैलालीबाट २८ जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्लाको गोदावरी नगरपालीका – ७ लालपुर स्थित बिर बहादुर वलीले संचालन गरेको वली होटलबाट उनिहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीलेले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

होटलमा जुवा तास खेलाइएको छ भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोलीले आईतबार राती २८ जना जुवाडे सहित नगद १ लाख ५६ हजार ३ सय ८२ रुपैया सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ७ बस्ने टेक बहादुर ओली सोही ठाउका मान बहादुर सिह,कृष्ण चन्द, डम्मर बहादुर बोहरा, खडक ओली, नरेन्द्र बोहरा, केपी बहादुर साँउद, प्रेम नेपाली, लोक बहादुर साँउद, डिल्लीराज फुलारा, हरिष बम, चक्र ऐर, कर्ण चिराल, नर बहादुर थापा, रुद्र बम, अमर उपाध्याय रहेका छन ।

यस्तै सोही ठाउकै पदमराज जोशी प्रकाश साँउद, दिपे चोखाल, दिपक ओली, भिम बहादुर साँउद, नरेस कार्की, रती ओली, भरत साँउद, राम बहादुर कठायत, प्रकाश सार्की , पुरन साँउद र गोदावरी नगरपालिका ८ बस्ने नृप नेपाली रहेका छन । घटनाको थप अनुसन्धान भइएरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।