कैलाली जिल्ला लिग फुटबल : हिमालयलाई हराउदै स्टार सिटीले चुम्यो उपाधी   - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कैलाली जिल्ला लिग फुटबल : हिमालयलाई हराउदै स्टार सिटीले चुम्यो उपाधी  



कैलाली । कैलाली जिल्ला फूटबल संघको आयोजनामा संचालन भएको जिल्ला लिगको उपाधी स्टार सिटी युवा क्लब तारानगरले हात पारेको छ । आज भएको खेलमा हिमालय युवा क्लब लालबोजीलाई शुन्यका विरुद्ध तीन गोलको अन्तरले हराउदै स्टार सिटीले आफ्नो जित सुनिस्चित गरेको हो ।

स्टार सिटीको लागि अशोक चौधरीले पहिलो हाफको दोस्रो मिनेटमै पहिलो गोल गरेका थिए भने दोस्रो हाफको दशौ मिनेटमा समेत अशोकले नै गोल गर्दै स्टार सिटीलाई जित दिलाए । अशोक संगै स्टार सिटीका बिक्रम सिंहले समेत दोस्रो हाफको बाह्रौ मिनेटमा गोल गर्दै खेललाई अगाडि बढाएका थिए। यो जित संगै स्टार सिटी युवा क्लब तारानगर जिल्ला भरिमा नै उत्कृष्ट साबित हुँदै क्षेत्रिय प्रतियोगिताका लागि छनोट भएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई सम्मान सहित पुरस्कृत पनि गरिएको थियो। जस अन्तरगत उत्कृष्ट प्लयेरमा स्टार सिटीका खेलाडी अशोक चौधरी तथा उत्कृष्ट किपिङमा स्टार सिटीकै खेलाडी सुजित बि.सि, उत्कृष्ट डीफेन्समा स्टार सिटी युवा क्लबकै खेलाडी गणेश बडवाल, र उदयमान खेलाडीमा पनि स्टार सिटीले नै बर्चस्व कायम गरेको छ। उदयमान खेलाडीमा स्टार सिटीका सागर बि.सि.लाई सम्मान सहित पुरस्कृत पनि गरिएको थियो। अब स्टार सिटीले क्षेत्रिय खेल खेल्ने छ।

अहिले क्षेत्रिय खेलको खेल तालिका प्रकाशित भैइ नसकेको कैलाली जिल्ला फूटबल संघका प्रबत्ता तथा महासचिव ओम प्याकुरेलले जानकारी दिनुभयो।