अफगानिस्तानको काबुलमा भएको शक्तिशाली बम विस्फोटमा परि कम्तीमा ८० जनाको मृत्यु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अफगानिस्तानको काबुलमा भएको शक्तिशाली बम विस्फोटमा परि कम्तीमा ८० जनाको मृत्यु



जेठ १७ एजेन्सी
अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ भने तीन सय ५० जना भन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा भएको बम विस्फोटमा परि ठुलो संख्यामा ज्यान गुमाउनुका साथै सर्वसाधारणहरु घाईते भएका हुन् ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाए अनुसार काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो ।

विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा विस्फोट भएको हो । त्यसबेला बजार निकै व्यस्त थियो । अहिले पनि उद्धार तथा राहतको काम भइरहेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।