अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु



हिमालपोस्ट/काठमाडौँ-

(एजेन्सी)

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

प्रहरीले जनाएअनुसार स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो । घाइतेमध्ये एक जना किशोरी रहेको जनाइएको छ । विस्फोटको अनुसन्धान भैरहेको अधिकारीहरूले जानकारी दिए।