बुटवलमै पहिलोपटक कबिता कन्सर्ट हुँदै - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बुटवलमै पहिलोपटक कबिता कन्सर्ट हुँदै



बुटवल । बुटवलमै पहिलो पटक कबिता कन्सर्ट हुने भएको छ । पहिलो पटक हुन लागेको एस कन्सर्टको नाम ‘कबिता कन्सर्ट २०७४’ दिईएको आयोजक लुम्बिनी बाङ्मय प्रतिष्ठान रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बुटवलमै पहिलोपटक आयोजना गर्न लागिएको ‘कबिता कन्सर्ट २०७४’ मा युवा कवि नवराज पराजुलिले कविता वाचन गर्नेछन् ।

कार्यक्रममा राष्ट्रिय गायिका योजना पुरी, बाँसुरी बादक संयक महर्जन र प्रकाश पौडेलको प्रस्तुति रहने छ । उक्त कार्यक्रममा गिनिज बुक अफ वर्ड रेकर्ड मा नाम लेखाउन तयारी अवस्थामा रहेका मादलवादक अभिसेक गौतमले मादल प्रफर्म गर्ने छन् ।

माघ २० गते हुने उक्त कार्यक्रम बुटवल उद्योग बाणिज्य संघको सभाहलमा करिब ५ सय जना दर्शकको माझमा हुने छ ।

कार्यक्रम दिउँसो १ बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने छ। कन्सर्ट कार्यक्रमको अध्यक्षता बाङमय प्रतिष्ठान रुपन्देही अध्यक्ष ऋषि आजादले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको कार्यक्रम संरक्षक अमृत पियुसले जानकारी गराए ।

कार्यक्रममा बोल्दै राजिव खनालले युवापुस्तामा कवि तथा साहित्यकार पनि आफ्नो साहीत्यवाट बाँच्न सक्छन् भन्ने देखाउन कार्यक्रम गर्न लागेको बताए ।

कार्यक्रममा प्रवेशको लागी ५ सय रुपैयाँ र बिद्यार्थीको लागी ३ सय रुपैयाँ शुल्क तोकिएको उनले बताए । कार्यक्रम सम्पन्न गर्नको लागी ५ लाख भन्दा बढि खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

कार्यक्रममा मरिन पाण्डे तथा पत्रकार कपिल ज्ञवाली लगायले बोलेका थिए । कार्यक्रमको मिडिया संयोजक पत्रकारद्वय कपिल ज्ञवाली र आचार्य प्रदीप रहेका छन् । उक्त कार्यक्रमको सञ्चालन राजिव खनालले गर्नेछन् ।ख