२०७५ अशोज ९, मङ्लबार

चाह – रूप रसाइली

May 1, 2017
147 Views
Spread the love

 

सबैलाई थाहा छ
पहाडबाट झरेकी झरणा समुन्द्रमा पुग्छिन्
बेंशीबाट उडेको भुइँ-कुहिरो हिमालमा पुग्छ
र बिहान उदाएको सूर्य साँझमा अस्ताउँछ

 

मैले धेरैलाई सोधे
आखत हेर्ने झाँक्रीदेखि पात्रो हेर्ने ज्यतिषसम्म
ग्रह पत्ता लगाउने वैज्ञानिकदेखि मन्दिर भित्रको ढुंगासम
शहरको पहरेदार शालिकदेखि मुग्लान् हिंडेको देशसम्म।

 

कसैलाई थाहा छैन
कसैले बताउन सकेनन्
पहिलो भेट नै अन्तिम भेट बनाइ
हेर्दा हेर्दै प..र कतै धूमिल बनेको
मेरो प्राण भन्दा प्यारो मान्छेको वर्तमान ठेगाना।

 

अचेल
मेरा सेतै फूलेका कपालहरू
धूमिल बन्दै गएका यी दुई आँखाका नानीहरू
चाउरिंदै गएका काला त्वचाहरू
प्रार्थना गर्छन्
उ दोस्रो पटक नभेटियोस् भनेर।

 

बेग्लै रहेछ जवानी मै छुटिनुको मजा
जो हरेक दिनको कल्पनामा जवान बनेर आउँदो रहेछ
हो, उ मेरो आँखामा कहिल्यै वृद्ध हुने छैन।

 

Facebook Comments

You may be interested

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै
अष्ट्रेलिया
0 shares17 views
अष्ट्रेलिया
0 shares17 views

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै

himal post - २०७५, ९ आश्विन २१:५६

साउथ अस्ट्रेलिया एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका)ले सत्र २०१८ -१९ मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै उद्घाटन…

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’
राजनीति
0 shares148 views
राजनीति
0 shares148 views

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’

himal post - २०७५, ९ आश्विन २०:४७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका सांसद…

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)
मनोरञ्जन
0 shares133 views
मनोरञ्जन
0 shares133 views

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)

himal post - २०७५, ९ आश्विन २०:३०

काठमाण्डौ। अलग प्रकृतिका गायक हुन पुष्कल शर्मा । फरक तरिकाका गीत, फरक तरिकाले गरिने बजारशैलीले कहिले ताली र कहिले गाली…