ज्योति मगरलाई कार्यक्रममा प्रतिवन्ध ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ज्योति मगरलाई कार्यक्रममा प्रतिवन्ध !



विराटनगर – वैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ ।

स्टेजमा उत्तेजक प्रस्तुतीलाई रोक्नका लागि ज्योतिमाथि प्रतिवन्ध लगाइएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन् ।

इनरुवामा आयोजित हिंसा न्यूनिकरण सम्बन्धि कार्यक्रममा उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतीले समाजमा विकृती निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै इटहरी उपमहानगरपालिकाले उत्तौउलो प्रस्तुतीलाई कुनै पनि हालतमा इजाजत नदिईने बताइन् ।

‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढीरहेका छन् कलाकारको नाममा समाजलाइ उत्तेजित पार्ने छुट कसैलाइ छैन’ गौतमले भनिन् ।