"जुन जोगी आएपनि कानै चिरेको" - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

“जुन जोगी आएपनि कानै चिरेको”



नेपाली राजनितिलाई कुरीकुरी गर्ने एउटा चर्चित उखान छ- “जुन जोगी आएपनि कानै चिरेको”, सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री र सांसदको पद गुमाएर सामान्य नागरिक जस्तै बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो उखानलाई फेरि चरितार्थ गरेका छन् ।

गत शुक्रबार नै पद गुमाएका लामिछानेले अझै सरकारी निवास छाडेका छैनन् । नागरिकता प्रकरणमा सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको आदेश दिएसँगै उनका सबै पद गएका थिए । त्यसै दिन रवि स्वयमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्री पदबाट राजीनामा पनि बुझाएका थिए ।

फेरि मन्त्री बन्न कसरत गरिरहेकाले लामिछानेले क्वाटर छाडेका छैनन् । तर यस्तै विषयमा उनले थुप्रै नेताहरूलाई पहिले नै पाठ पढाउने गरेका थिए ।

पद गएको सात दिन भइसक्दा पनि ललितपुरको हरिहर भवनस्थित सरकारी निवास उनले छाडेका छैनन् ।सञ्चारकर्म छाडेर राजनीतिमा आउनुअघि लामिछाने नेपाली नेताहरूलाई उग्र रुपमै नैतिकताको पाठ सिकाउने गर्थे । तर आफैँ अहिले नेता बनेपछि उनले नैतिकताका सबै सीमा रेखा तोडेदेख्न सकिन्छ ।

उनी अहिले गैरसांसद व्यक्ति पनि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्थाअनुसार फेरि गृहमन्त्री बन्न दौडधुप गरिरहेका छन् । उनलाई मन्त्री बनाउन सत्ता गठबन्धन भित्रकै नेताहरू अहिले लागिपरेका छन् ।