जे .टि क्रीकेट : गुरुकुल लम्की , बालबाटिका र जनजागृती चौरि विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जे .टि क्रीकेट : गुरुकुल लम्की , बालबाटिका र जनजागृती चौरि विजयी



कैलाली । जे टि क्रीकेट कप प्रतियोगितामा छैटौं दिनका खेलमा गुरुकुल लम्कि, बालबाटिका बौनिया र जन जागृती चौरी बिजयी भएका छन ।

बिहीबार भएको पहिलो खेलमा स्वयम्भुनाथ लम्किलाई १३५ रनले पराजित गर्दै गुरुकुल बिजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुल लम्किले निर्धारित १५ ओभरमा २ बिकेट गुमाउदै १५७ रन बनाएको थियो ।

यसै गरि आजको दोस्रो खेलमा बालबाटिका बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बालबाटिकाले निर्धारित १४.४ बलमा सबै बिकेट गुमाउदै ९३ रन बनाउन सफल भएको थियो । ९४ रनको लक्ष्य लिएर मैदानमा आएको नाता एकाडमी लम्की निर्धारित १५ ओभर मा ८ बिकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो र झिनो ५ रनको हार ब्यहोर्न बाध्य भएको हो ।

यस्तै आज नै भएको अन्तिम खेलमा सफल सुदुर पस्चिमलाई ४७ रनले पराजित गर्दै जन जागृती चौरी बिजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जनजागृतिले निर्धारित १५ ओभरमा ३ बिकेट गुमाउँदै १२३ रन बनाउन सफल भएको थियो । १२४ रनको लक्ष्यका साथ मैदान गएको सफल सुदुर पस्चिमले निर्धारित १५ ओभरमा ९ बिकेट गुमाउदै ७६ रन मात्र बनाउन सक्यो र ४७ रनको हार ब्यहोर्न बाध्य भएको हो ।

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने र प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।