जे .टि क्रिकेट कपको उपाधि आर एम ई टिकापुरलाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जे .टि क्रिकेट कपको उपाधि आर एम ई टिकापुरलाई



पदम ओझा / बौनिया ,कैलाली ।
जे टि क्रीकेट कपको उपाधी आर एम ई टिकापुरले उचालेको छ । यो उपाधी संगै आर एम ई टिकापुरले उपाधिको ह्याटि्रक गरेको छ ।

उज्यालो लम्किलाई आए एम ई टिकापुरले ४३ रनले पराजित गर्दै उपाधी उचालेको हो । आर एम ई टिकापुर बिजयी भए संगै नगद ६१ हजार १ सय ११ रुपैयाँ र ट्राफि समेत कब्जा गरेको छ भने उपबिजेतामा सिमित भएको उज्यालोले नगद ३१ हजार १ सय ११ रुपैया ट्रफि प्राप्त गरि चित्त बुझाएको छ ।

आज भएको फाईनल खेलमा गत सालको बिजेता आर एम ई टिकापुरले उज्यालो लम्किलाई ४३ रनले पराजित गर्दै उपाधी माथी कब्जा गर्न सफल भएको हो । आर एम ई लगातर ४ पटक फाईनल पुग्न सफल भएको एक मात्र बिधालय हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आर एम ई टिकापुरले निर्धारित २० ओभर खेल्दै ६ बिकेट को क्ष्यतिमा १४१ रन बनाउन सफल भएको थियो । आर एम ई का लागी जिबन ठकुल्लाले अर्धशतकको पारी खेलेका थिए । उनले ३४ बलमा ७ चौक्का र १ छक्काको मद्दतले ५२ रन बनाउन सफल भएका हुन । यस्तै निखिल बुढाले ४९ रनको पारी खेलेका थिए ।

१४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको उज्यालो लम्की १७.५ ओभर खेल्दै सबै बिकेट गुमाउदै ९८ रन बानाउन सक्यो र ४३ रन को हार ब्योहोर्दै उप बिजेतामा सिमित भएको हो । उज्यालोका कमल रावलले २७ रनको पारी खेले पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन । आर एम ई का लागी कप्तान बिबेक न्यौपानेले ४ ओभरमा ४ बिकेट लिन सफल भएका थिए । अर्धशतक बनाएका आर एम ई का जिबन ठकुल्ला म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान आर एम ई टिकापुरका लोकेश कठायतले हात पार्न सफल भए । यसै गरि उत्कृष्ट बलर आर एम ई टिकापुरका आदेश परियार बन्न सफल भए । यस्तै प्रतियोगिताकै उत्कृष्ट म्यान अफ द सिरिज कालिका मा बि नौनियाका प्रबेश साउद बन्न सफल भए भने प्रतियोगिता भरिकै सबै भन्दा साना तथा उदयिमान खेलाडि स्वयम्भु नाथका मनिष न्यौपाने बन्न सफल भए ।

समापन समारोह खेल संयोजक एकेन्द्र मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका उपाध्यक्ष भगवति डगौरा थारु रहनु भएको थियो । बिशिस्ट अतिथिमा अक्सबृज पब्लिकेसनका बजार प्रमुख पुर्ण थापा रहनु भएको थियो ।

बिधालयका शिक्षक राजेन्द मल्लको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नं १ का वडा अध्यक्ष जयरुप खतिवडा,वडा न २ का अध्यक्ष भेखु चौधरी,घोडाघोडी नगर पालिका वडा न ४ का अध्यक्ष टेक बहादुर बुढा,मुडा बजार ब्यवस्थापन समितिका अध्यक्ष मिथुन गौतम,बसन्त मुरारिका शिक्षक गणेश जोशी लगाएतका अतिथिले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक धर्म हमालले गर्नु भएको थियो ।