जे .टि क्रीकेट कप : पानसदिप, शनराईज र ब्राईट फ्युचर विजयी  - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

जे .टि क्रीकेट कप : पानसदिप, शनराईज र ब्राईट फ्युचर विजयी 



सुखड,कैलाली । चौथो संस्करणमा संचालन भएको जे. टि क्रीकेट कप प्रतियोगितामा तेस्रो दिनमा आज तीन खेल सम्पन्न भएका छन् ।

आज बिहान भएको पहिलो खेलमा बसन्त मुरारि लाई ७ बिकेटले पराजित गर्दै पानसदिप बिजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको बसन्त मुरारिले १३.४ ओभरमा सबै बिकेट गुमाउदै ६४ रन बनाएको थियो । बसन्त मुरारीलाई सस्तैमा समेट्ने क्रममा पानसदिपका दिपेश ओलिले ३ ओभरमा २२ रन खर्चिदै ह्याटि्रक सहित ५ बिकेट लिएका थिए । यसै गरि पानसदिपका अर्का बलर गौरभ बि सिले २ ओभरमा ३ रन खर्चिदै २ बिकेट लिएका थिए । बसन्त मुरारीका लागी यमु साउदले १८ रन बनाएका थिए । ५ बिकेट लिएका पानसदिपका दिपेश ओलि म्यान अफ द म्याच बन्न सफल भएका हुन ।

६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको पानसदिपले ११.५ ओभर खेल्दै ३ बिकेटको क्षतिमा लक्ष्य चुम्न सफल भएको थियो ।

यसै गरि दोस्रो खेलमा द शनराईज ४ बिकेटले बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नाताले ११.५ ओभरमा १० बिकेट गुमाउँदै ५२ रन बनाउन सफल भएको थियो ।
नातालाई ५२ रनमै समेट्ने क्रममा तुसार मल्लले १.५ ओभरमा ४ बिकेट र बिबेक सुनारले ३ ओभरमा ६ रन खर्चिदै ३ बिकेट लिएका थिए ।

५३ रनको सामान्य लक्ष्यका साथ मैदानमा उत्रिएको द शनराईजले १२ ओभरमा ६ बिकेट गुमाउदै लक्ष्य भेटाएको हो  । ३ बिकेट र अबिजित ३० रन बनाएका द शनराईज का बिबेक सुनार म्यान अफ द म्याच भएका थिए ।

त्यसैगरी आजको अन्तिम खेलमा ब्राईट फ्युचर बिजयी भएको छ । ब्राईट फ्युचरले स्यम्भुनाथलाई १ सय ३ रनले पराजित गरेको छ । ट्स जितेर पहिले ब्याटिङ गरेको ब्राईट फ्युचरले निर्धारित १५ ओभरमा ७ बिकेट क्ष्यतिमा १५६ रन बनाएको थियो । ब्राईट फ्युचरका रमेश बुढाले २० बलमा ६ चौका र १ छक्काको मदतले ३९ रन बनाउन सफल भएका थिए । बिशाल रोकायाले १६ बलमा ६ चौकाको मदतले ३४ रन बनाएका थिए । स्यम्भुनाथका लागी मनिश न्यौपानेले ३ ओभरमा ३३ रन खर्चिदै ४ बिकेट लिएका थिए ।

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । यसै गरि प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर ,उदयिमान खेलाडिका साथै म्यान अफ द सिरिजलाई पनि नगद सहित ट्रफिको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।