जे .टि क्रीकेट कप सुरु, आयोजकलाई ८५ रनले हराउँदै आर एम ई टिकापुरको विजयी सुरुवात  - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

जे .टि क्रीकेट कप सुरु, आयोजकलाई ८५ रनले हराउँदै आर एम ई टिकापुरको विजयी सुरुवात 



पदम ओझा / बौनिया ।
चौथो संस्करणमा संचालन भएको जे टि क्रीकेट  प्रतियोगिता आजबाट सुरु भएको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घघाटन खेलमा आयोजकलाई पराजित गर्दै आर एम ई टिकापुर विजयी भएको छ ।

आयोजक जगततारालाई आर एम ई टिकापुरले ८५ रनले पराजित गर्दै बिजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर एम ई टिकापुरले निर्धारित २० ओभरमा ९ बिकेटको क्ष्यतिमा १४८ रन बनाएको थियो ।

१४९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको आयोजक जगततारा १३.५ ओभरमा अल आउट हुदै ६३ रनमा समेटिएको थियो । आर एम ई टिकापुरका लागी जिबन ठकुल्लाले २७ बलमा ५ चौका र ३ छ्क्काको मदतले ४५ रन बनाएका थिए ।

यस्तै कप्तान बिबेक न्यौपानेले ४६ बलमा १ छ्क्का र ५ चौकाको मदतले ५० रन बनाउन सफल भएका थिए । जगत ताराका लागी अगस्त राज जोशिले ४ ओभरमा ३४ रन दिदै ३ बिकेट लिएका थिए । यसै गरि सौनक मल्लले ४ ओभरमा २५ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए । जगत तारालाई ६३ रनमा समेट्ने क्रममा आर एम ई टिकापुरका बिबेक न्यौपानेले ४ ओभर मा २४ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए । प्रतियोगितामा ५० रन र ३ बिकेट लिएका आर एम ई टिकापुरका बिबेक न्यौपाने म्यान अफ द म्याच घोशित भएका थिए ।

जगततारा इङ्लिश बोर्डिङ स्कुलका सस्थापक एकेन्द्र मल्लको सभापतित्वमा भएको प्रतियोगिताको उदघाटन बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले गर्नु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै गाउपालिका अध्यक्ष बलिराम डगौरा थारुले गाउपलिकालाई खेलकुदको क्षेत्रका रुपमा चिनाउन सहयोग पुगेको बताउनु भयो । खेलकुदले खेलाडिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशमा चिनाउन सहयोग पुग्ने भएकाले गाउ टोलमा यस्ता खेलकुद हुन आवश्यक रहेको बताउनु भयो । गाउपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको अध्यक्ष डगौरा थारुले बताउनु भयो । साथै अध्यक्ष डगौरा थारुले गाउपालिकाले सरकारी र निजि न भनी खेलकुदका क्षेत्रमा सहयोग गर्ने बताउनु भयो ।

यसै गरि बिशिस्ट अतिथि को आसन बाट बोल्दै गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारुले खेलकुद क्षेत्रले खेलाडिको चौतर्फि बिकास गर्ने बताईन । उपाध्यक्ष डगौरा थारुले खेलकुद त्यस्तो क्षेत्र हो जहाँ खेलले खेलाडिको मानशिक,शारीरिक र भौतिक बिकास हुने बताउनु भयो । थारुले खेलाडिलाई अनुशासित भएर खेल्न आग्रह गर्नु भयो ।

बिधालयका प्रिन्सिपल मनोज पन्तको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा मुडाबजार बिकास समितिका अध्यक्ष मिथुन गौतम र बोर्डिङ स्कुल एसोसिएसनका अध्यक्ष प्रमोद मल्लले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सहभागी बिधालयलाई बिभिन्न ४ समुहमा बिभाजन गरिएको छ । प्रत्येक समुहबाट २/२ बिधालय गरि ८ बिधालय क्वाटर फाईनल प्रबेश गर्ने छन ।

प्रतियोगितामा टिकापुरबट १,लम्किबाट १० र बौनियाका ५ बिधालय गरि जम्मा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिता अन्तर्गत मंसिर २ गते बिहान नमुना लम्की र नव बालबाटिका बौनिया प्रतिस्पर्धा गर्ने भएका छन ।

यसै गरि प्रतियोगिता अन्तर्गत २ गते ११ बजे उज्यालो लम्की बिरुद्ध गुरुकुल लम्की र २ गतेकै अन्तिम खेल सर्बोदय गप्काका बिरुद्ध जनजागृती चौरी बिच खेल हुने पृन्सिपल मनोज पन्तले जानकारी दिए ।

यसै गरि प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान ,उत्कृष्ट बलर ,उदयिमान खेलाडिका साथै म्यान अफ द सिरिजलाई पनि नगद सहित ट्रफिको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।

यस्तै नक आउट चरण बाट प्रत्यक म्याचमा म्यान अफ द म्याचको पनि व्यवस्था रहेको छ । यसका साथै प्रतियोगिता भरिनै सबै भन्दा बढी छक्का र चौका हिर्काउनेलाई नगद एक/एक हजार प्रदान गरिने सह संयोजक पन्तले जानकारी दिए ।