जे.टि किक्रेट कप : फाइनल पुग्ने टिमकाे अाज टुंगो लाग्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जे.टि किक्रेट कप : फाइनल पुग्ने टिमकाे अाज टुंगो लाग्ने



राजेन्द्र रावल / बाैनिया ।
चाैथाे संस्करणकाे अक्सबृज पव्लिकेसन जे.टि कप किक्रेट प्रतियोगिता २०७५ फाइनल समिकरण अाज पूरा हुने भएको छ ।

जिल्ला भित्रका विभिन्न १६ वटा बिधालयहरुकाे सहभागिता रहेकाे प्रतियोगिताकाे उद्घाटन मंसिर १ गते भएको थियाे । फाइनल प्रवेशका लागि अाज बिहान १०:१५ बजे कालिका माध्यमिक बिधालय नाैनिया र उज्यालो शिक्षा सदन लम्कि प्रतिस्पर्धा गर्दा अन्तिम सेमिफाइनल खेलमा दिउँसो १:१५ बजे नव बाल बाटिका बिधा मन्दिर बाैनिया र अार.एम.इ.स्कुल टिकापुर प्रतिस्पर्धा गर्नेछन् । अार.एम.इ स्कुल याे संग चारवटै संस्करणमा सेमिफाइनल पुग्ने पहिलो टिम बनिसकेको छ ।

प्रतियोगितामा प्रथम हुनेले ६१हजार १ सय ११ पुरस्कार हात पार्दा दाेस्राे हुने टिमले ३१ हजार १ सय ११ नगद सहित मेडल,ट्रफि र प्रमाणपत्र पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । यसैगरि म्यान अफ द सिरिजले ३५ सय ५५ पुरस्कार पाउँदा बेष्ट ब्याटसम्यान,बेष्ट वलर र राइजिङ्ग प्लेयरले २५ सय ५५ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

यसैगरि प्रतियोगिता भरि सबैभन्दा बडि छक्का र चाैका प्रहार गर्ने खेलाडीले समेत जनहि नगद १ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता का सह- संयाेजक बिधालयका प्रिन्सिपल मनाेज कुममर पन्तले जानकारि दिनु भएको छ।

प्रतियाेगिताकाे फाइनल खेल मंसिर १५ गते बिहान १०:३० बजे हुने अायाेजक बिधालयका संस्थापक एवम प्रतियोगिता संयाेजक एकेन्द्र मल्लले बताउनु भएको छ।