जे .टि क्रिकेट कपः मंगलबार हुने क्वाटरफाइनल खेलमा नमुना लम्की र कालिका मा.बि नौनिया भिड्दै  - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जे .टि क्रिकेट कपः मंगलबार हुने क्वाटरफाइनल खेलमा नमुना लम्की र कालिका मा.बि नौनिया भिड्दै 



कैैैलाली ।  जे टि क्रीकेट कप प्रतियोगितामा भोली क्वाटरफाइनलका २ खेल हुने भएका छन ।

मंगलबार बिहान १० बजे प्रतियोगिताको पहिलो क्वाटरफाईनलमा समुह ए को बिजेता नमुना लम्की र समुह सि को उप बिजेता कालिका मा बि नौनिया प्रतिस्पर्धा गर्ने भएका छन । क्वाटर फाईनलको बिजेता सेमि फाईनलमा प्रवेश गर्ने छ ।

यसै गरि प्रतियोगिताको अर्को क्वाटरफाईनल खेलमा भोली दिउसो १:१५ बजे समुह बि को बिजेता उज्यालो शिक्षा सदन लम्की का बिरुद्ध पानसदिप लम्की प्रतिस्पर्धा गर्ने भएका छन ।

क्वाटर फाईनल प्रवेश गर्ने विद्यालयहरुमा समुह ए बाट नमुना मावि लम्की र नव बालबाटीका रहेका छन । समुह वि बाट उज्यालो शिक्षा सदन लम्की र ब्राईट फ्युचर प्रवेश गरेको छ । यसै गरी समुह सी बाट कालीका मावि बौनिया र जन जागृति चौरी रहेका छन । भने समुह डी बाट गत वर्षको विजेता आर एम ई टीकापुर र पानसदिप लम्की रहेका छन ।

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । मङ्सिर १ गते बाट सुरु भएको प्रतियोगिता १५ गते समापन हुने छ ।