जे .टि क्रिकेट कपः गुरुकुललाई ४ रनले हराउँदै ब्राइट फ्युचर क्वाटरफाइनलमा प्रवेश - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जे .टि क्रिकेट कपः गुरुकुललाई ४ रनले हराउँदै ब्राइट फ्युचर क्वाटरफाइनलमा प्रवेश



कैलाली । जे टि क्रीकेट कप लिग चरण प्रतियोगिता अन्तर्गत आज    गुरुकुललाई ४ रनले हराउँदै ब्राईट फ्युचर क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ब्राईट फ्युचरले निर्धारित १५ ओभरमा अल आउट हुदै ९३ रन बनाउन सफल भएको थियो । ब्राईट फ्युचरका लागी योगेश बि क ले २५ रनको योगदान गरेका थिए ।

९४ रनको बिजयी लक्ष्यका साथ मैदान गएको गुरुकुल लम्किले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउदै ८९ रन मात्र बनाउन सक्यो र झिनो ४ रनले हार ब्यहोर्न बाध्य भएको हो । गुरुकुलका कप्तान रोजन शाहिले २७ रनको योगदान गरे पनि आफ्नो टिमलाई जित दिलाउन सकेन ।

यसै गरि प्रतियोगिताको अन्तिम खेलमा कालिका मा बि नौनियालाई ८ रनले हराउँदै जन जागृती चौरी विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जन जागृतीले निर्धारित १५ ओभरमा ९ बिकेट गुमाउदै १०४ रन बनाएको थियो । जन जागृतिका लागी दिपेश न्यौपानेले ३७ रन बनाउन सफल भएका थिए ।

१०५ रनको बिजयी लक्ष्य लिएर मैदान आएको कालिका १४.२ ओभर खेल्दै अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो र झिनो ८ रनले हार ब्योहोर्न बाध्य भयो ।

मंसिर १ गते बाट सुरु भएको क्रिकेट प्रतियोगितामा ६ विद्यालय क्वाटर फाईनल प्रवेश गरी सकेका छन । क्वाटर फाईनलका खेलहरु मंसिर ११ गते बाट हुने खेल संयोजक एकेन्द्र मल्लले बताए ।

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।