जे.टि. क्रीकेट कप : सफल सुदुर पस्चिमद्बारा सर्बोदयलाई २८ रनले पराजित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जे.टि. क्रीकेट कप : सफल सुदुर पस्चिमद्बारा सर्बोदयलाई २८ रनले पराजित



‘आर एम ई र बाल बाटिका पनि विजयी!’

कैलाली । जे टि क्रीकेट कप प्रतियोगितामा आठौं दिनका खेलमा सफल सुदुर पस्चिम लम्की, आर एम ई र बालबाटिका विजयी भएका छन ।

आज बिहान भएको पहिलो खेलमा सर्बोदयलाई पराजित गर्दै सफल सुदुर पस्चिम २८ रनले बिजयि भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सफल सुदुर पस्चिम लम्किले निर्धारित १२ ओभरमा ५ बिकेट गुमाउदै १०० रन बनाएको थियो । सफल सुदुर पस्चिमका लागी सन्तोष सुनारले २१ रनको योगदान गरेका थिए ।
सफल सुदुरपस्चिमका महेश शाहिले ३ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर १ बिकेट लिन सफल भएका थिए । उनि अहिले कक्षा ३ मा अध्यनरत छन ।

यसै गरि आजको दोस्रो खेलमा आर एम ई टिकापुर ४ बिकेटले बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बसन्त मुरारीले १५ ओभरमा सबै बिकेट गुमाउदै ७६ रन बनाउन सफल भएको थियो ।

बसन्त मुरारीका हिमाल बिकले १४ बलमा १५ रनको योगदान गरेका थिए । आर एम ई का बिबेक न्यौपानेले ३ ओभरमा ८ रन खर्चिदै २ बिकेट लिएका थिए ।
७७ रनको लक्ष्य लिएर मैदानमा आएको आर एम ई टिकापुरले १४ ओभरमा ६ बिकेट गुमाउदै लक्ष्य चुम्न सफल भएको थियो । आफ्नो टिमलाई जिताउने क्रममा लोकेश कठायतले १२ बलमा १९ रनको योगदान गरेका थिए । उनि म्यान अफ द म्याच भए ।

यस्तै आज नै भएको अन्तिम खेलमा बालबाटिका ३२ रनले बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बालबाटिकाले निर्धारित १५ ओभर खेल्दै २ बिकेट को क्ष्यतिमा १२१ रन बनाउन सफल भएको थियो ।
बालबाटिकाका लागी नरेन्द्र साउदले ५१ बलमा ४८ रनको योगदान गरेका थिए । यस्तै बालबाटिकाका बर्लिन राज गिरिले अबिजित २५ रनको योगदान गरेका थिए ।
१२२ रनको लक्ष्य लिएर मैदान गएको द शनराईज१३.४ ओभर खेल्दै सबै बिकेट गुमाउदै ८९ रन मात्र बनाउन सक्यो । बालबाटिकाका नरेन्द्र साउद म्यान अफ द म्याच भए । द शन राईजका दिवस भट्टले ३१ रनको योगदान गरे पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन ।

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।