जे .टि क्रिकेट कपः कालिका माबी र उज्यालो लम्की सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जे .टि क्रिकेट कपः कालिका माबी र उज्यालो लम्की सेमिफाइनलमा प्रवेश



बौनिया ,कैलाली । जे टि क्रीकेट कप प्रतियोगितामा मंगलबार भएका क्वाटर फाईनल खेलमा कालिका माबी र उज्यालो लम्की बिजयी भएका छन । बिजयी भए संगै दुवै टिम सेमिफाइनलमा प्रबेश गरेका छन ।

मंगलबार बिहान भएको प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा नमुना लम्किलाई २३ रनले पराजित गर्दै कालिमा माबी बिजयि भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कालिकाले निर्धारित २० ओभरमा ९ बिकेट गुमाउदै ९९ रन बनाएको थियो । कालिकाका लागी गोबिन्द साउदले ६ चौकाको मदतले ३७ रनको योगदान दिए सङ्गगै खेलको म्यान अफ द म्याच बन्न सफल भए ।

१०० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको नमुना १७.२ ओभर खेल्दै सबै बिकेट गुमाउदै ७६ रन मात्र बनाउन सक्यो र २३ रनको हार ब्योहोर्दै क्वाटर फाईनल बाटै बाहिरिएको हो ।

यस्तै मंगलबार नै भएको अर्को क्वाटर फाईनल खेलमा उज्यालो लम्की ३ रनले बिजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको उज्यालो लम्किले १७.३ ओभर खेल्दै सबै बिकेट गुमाउदै ९० रनमा सिमित भएको थियो ।

उज्यालो लम्किका पवन चौधरिले २ छक्काको मद्दतले १९ रनको योगदान गरेका थिए । उज्यालो लम्किलाई सस्तैमा समेट्ने क्रममा पानसदिपका मौशम बि सि ले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर ४ बिकेट लिन सफल भएका थिए ।

९१ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको पानसदीप लम्की निर्धारित २० ओभर खेल्दै ९ बिकेट्को क्ष्यतिमा ९७ रन मात्र बनाउन सक्यो र झिनो ३ रनले हार ब्योहोर्दै क्वाटर फाईनल बाटै बाहिरिएको हो । खेलमा पानसदिपका दिपेन्द्र शाही म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । मङ्सिर १ गते बाट सुरु भएको प्रतियोगिता १५ गते समापन हुने छ ।