जो बिना सक्दिन बाच्न भन्दै आशा बिमलको प्रेम बिग्योगमा(भिडियो सहित) - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

जो बिना सक्दिन बाच्न भन्दै आशा बिमलको प्रेम बिग्योगमा(भिडियो सहित)



समिर प्रकाश पाण्डे

आफुले माया गरेको मान्छेको भरोसा सबै भन्दा धेरै हुन्छ । त्यही भरोसा सुखी जीवनको अपेक्षा गरिन्छ। कहिलेकाहिँ त्यो भरोसा टुट्दा मानिसको जीवनमा जुन अध्यारो छाउछ त्यो निकै अकल्पनीय हुने गर्दछ ।

मायामा भएको भरोसा टुटेपछि कलाकार एबम मोडल आशा खड्का अहिले यस्तै पिडा परेको छ। जुन पिडा सहन पनि निकै गार्हो परिरहेको छ । तर यो पिडा उनको बास्ताबिक जीवनमा नभई एउटा गीतको म्युजिक भिडियोमा देखिएको दृश्य हो। जो बिना एक पल बाच्न कल्पना पनि गर्न नसक्ने मान्छेलाई उसले नै सदाको लागि नाता तोडेर गएपछि सम्हालिन निकै गार्हो परेको अवस्थालाई जो बिना एकपल सक्दिन बाच्न बोलको गीतको म्युजिक भिडियोमा देख्न सकिनेछ ।

यो सुमधुर गीतको शब्द रचना बिमल अधिकारीले गरेका छन भने संगीत सिर्जना सागर विरहीको रहेकाछन । भने स्वर पछिल्लो समय सुगम संगीतलाई आफ्नो कब्जामा पार्न सफल अन्जु पन्तको रहेको छ । गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र आशा खड्काको अभिनय देख्न सकिन्छ ।

कपिल लामाले भिडियो निर्देशन गरेका हुन् भने सुरेश श्रेष्ठको छायांकन रहेको छ यश गितलाई सम्पादन गरेका छन सुजन शाहिले । गितको बजार ब्याबस्था पन भावना म्युजिक सोलुसनले गरेको छ ।