जीनाको “मस्त मस्त जवानी” कसको लागि (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

जीनाको “मस्त मस्त जवानी” कसको लागि (भिडियो सहित)



समिर प्रकाश पाण्डे/फाल्गुन २ 

पछिल्लो समयकी उदयमान गायिका जीना थापाले आफ्नो पहिलो गीत ‘मस्त मस्त जवानी’को म्युजिक भिडियो दर्शकमाझ सार्वजनिक गरे पछि निकै चर्चामा छिन् ।

विगतका दिनमा विभिन्न स्टेज सो मोडलिङ र गीत गाउँदै आएकी जीना ‘मस्त मस्त जवानी’ले चलचित्रमा राखिने आइटम गीतको झैँ छनक दिन्छ । भिडियोमा जीनालाई रविन लामिछानेले साथ दिएका छन् ।

यो गीतलाई माधव फुयाँलले लेखेका हुन्, जसमा रिमेश कुमारको सङ्गीत छ । शिव बि.कले निर्देशन गरेको भिडियोमा शम्भु चालिसे को छायांकन र रमेश रसाईलीको सम्पादन रहेको छ । गीतलाई शिभा फोर एस मिडियालेल बजार व्यवस्थापन गरेको छ ।