राजेन्द्र बजगाईको आवाजमा नयाँ गीत 'झ्याम्मै मायालु' सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजेन्द्र बजगाईको आवाजमा नयाँ गीत ‘झ्याम्मै मायालु’ सार्वजनिक(भिडियो सहित)



नेपाली गीत सङ्गीतको बजारमा एक पछि अर्को तर फरक फरक ढङ्गले गीतलाई दर्शक/ श्रोता माझमा प्रस्तुत गर्दै आएका युवा तथा कुशल सङ्गीतकार तथा गायक हुन् राजेन्द्र बजगाई ।

यिनै राजेन्द्र बजगाईको आवाजमा रहेको नयाँ गीत “झ्याम्मै मायालु” सार्वजनिक भएको छ भने गीतमा जीवन लुइँटेलको शब्द रचना अनि केशव बडूको एरेन्जर सँगै कुमार रानाको मिक्सिंग मास्टरिङ्ग रहेको छ । बजगाई र लुइँटेलले सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो पनि निर्माण गरेका छन् । निर्माण गरिएको भिडियोमा राजिव समरको कोरियोग्राफी अनि निता भारती मेकअप रहेको छ ।

उत्कृष्ट ढङ्गले उत्सव दाहालको छायाङ्कन रहेको यो गीतको भिडियोमा निशान घिमिरेको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको छ ।

भिडियोमा नम्रता सापकोटाको अभिनय सँग सँगै कमल सिंह, रोशनी कार्की, रोशन बुढाको दमदार अभिनय रहेको छ ।

https://youtu.be/VhTPBiyyKSI