झारफुक गर्ने निहुँमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

झारफुक गर्ने निहुँमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका–१ का हरि प्रसाद डगौराले एक १४ वर्षिया युवतीलाई निको पारिदिन्छु भन्दै झारफुक गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको छ।

गुरुवा ‘धामीझाँक्री’ रहेका डगौराले यहि माघ २१ गते उपचारको नाममा बलात्कार गरेको पाइएपनी पीडित युवतिको आमाले ईलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार जाहेरी दिएकी ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।

भट्टका अनुसार , लम्कीचुहा नगरपालिका -४ कि १४ वर्षिया युवती आँखाको समस्या भएको भन्दै डगौरासंग झारफुक गर्न आउदा गुरुवा डगौराले नरिवल चढाउन घोडाघोडी मन्दिर जानुपर्छ भन्दै घोडाघोडी तालको पुर्वपट्टी लगेर २१ गते जबर्जस्ति करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

पीडितकि आमाले शुक्रबार जाहेरी दिएको बताउदै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानुनी कारबाही अगाडि बढाउनको लागि गुरुवा डगौरालाइ पक्राउ गरि शुक्रबार साझ जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक भट्टले हिमाल पोस्टलाई जानकारी दिए ।