गायक तेजस रेग्मी र रितु थापा मगरको स्वरमा रहेको तीजको कोसेली “झापाली हैन ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गायक तेजस रेग्मी र रितु थापा मगरको स्वरमा रहेको तीजको कोसेली “झापाली हैन ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो लोक सङ्गीतको बजारमा उकृष्ट शब्द रचना गर्दै त्यसमा मिठो लय भर्दै अनि त्यतिनै मिठो स्वरमा दुनियालाई मोहित पार्न सफल गायक तेजस रेग्मी ले पछिल्लो समय सुमधुर स्वरकी धनी गायिका रितु थापा मगरको लागि नयाँ तिज गीत श्रृजना गरिदिएका छन्।

“ झापाली हैन” बोलको गीत हालै मात्रै सार्वजनिक भएको छ। तेजस रेग्मी र रितु थापा मगरको आवाजमा रहेको उक्त गीतको शब्दसंगीत रेग्मी स्वयमको हो।

गुरुअामा फिल्मस्को ब्यानरमा स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतम र निशा थापा मगरले दमदार अभिनय गरेका छन्। सुधन बस्नेतको सम्पादनमा सुरेश श्रेष्ठले छायाङ्कन गरेका हुन् भने गीत तथा भिडियोलाई रेड एप्पल मिडिया प्रा.लीले बजारमा ल्याएको छ।