के रामकुमारी झाँक्री एमालेमा जान लागेकी हुन् ? - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

के रामकुमारी झाँक्री एमालेमा जान लागेकी हुन् ?



काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एउटा तस्वीर सार्वजनिक गरिन् । तस्वीरमा उनले लेखिन् यो तस्वीरमा सन्देश छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराई र रामकुमारी झाँक्रीबीच जम्काभेट भएपछि सार्वजनिक भएको तस्वीरको सन्देश के हुनसक्छ ?

यसैलाई लिएर अहिले झाँक्री एमालेमा जाना लागेको अर्थ लाग्ने चर्चा सुरु भएको छ । उनीहरूबीच काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको हो।

पूर्वसहकर्मीहरुसँग भेटेपछि फेसबुकमा फोटो हाल्ने झाँक्रीले लेखेकी छिन्, ‘तस्बिरमा सन्देश छ।’

उनले राखेको तस्वीर र सन्देश अर्थपूर्ण मानिएको छ ।

एमाले विभाजनको बेला झाँक्री माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेको थिइन्।

पहिलो पटक प्रत्यक्षमा निर्वाचन लडेकी झाँक्री गुल्मी २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भइन्।