भिमफेदी गाईज् समूहको सशक्त डान्स रहेको "झम्मक झम्मक पार्यो" बोलको गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

भिमफेदी गाईज् समूहको सशक्त डान्स रहेको “झम्मक झम्मक पार्यो” बोलको गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतको बजारमा पछिल्लो समय भिमफेदी गाईज् समूहको सशक्त डान्स रहेको “झम्मक झम्मक पार्यो” नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित एबंम सुन्दर मोडल माला लिम्बुको पनि नित्य सँग सँगै दमदार अभिनय रेहको छ ।

सार्वजनिक भिडियोको गीतमा केही समय उता देखि अस्ट्रेलियामा बस्दै आएका नव-गायक हृदय दाहालको आवाज रहेको छ भने राजेन्द्र बजगाईको शब्द/सङ्गीत रहेको छ । यस्तै गीतमा प्रकाश केसीको मिक्सिङ्ग मस्टरिङ्ग सँग सँगै गणेश चौधरीको सङ्गीत संयोजन रहेको छ ।

अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने प्रकाश धितालको निर्देशन रहेको छ ।