झलनाथ भन्छन : ओलीलाई कर्मचारीले त टेरेनन्, अरू कसले टेर्ला ? - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

झलनाथ भन्छन : ओलीलाई कर्मचारीले त टेरेनन्, अरू कसले टेर्ला ?



काठमाडौ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान ओली सरकारलाई कर्मचारी तथा प्रशासनतन्त्रले नटेरेको भन्दै दुःख पोखेका छन् ।

उनले लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा सङ्ग्रहको विमोचन गर्दै वर्तमान दुईतिहाई बहुमतको सरकारलाई पनि अटेरी गर्नु राम्रो नभएको समेत बताए ।

खनालले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताउँदै सिङ्गो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको जिकिर गरे ।

उनले भने,“समाजवादतर्फ अघि बढ्न नीति, सिद्धान्त र व्यवहारले हाम्रो पार्टी स्पष्ट हुनुपर्छ ।” नेपाली समाजलाई दलाल पूँजीवादले नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै खनालले दुईतिहाई बहुमतको सरकारलाई पनि कर्मचारीतन्त्र र प्रशासनले नटेरेपछि अरू कसले टेर्ला ?