बाजुरा जिप दुर्घटना : दुईको मृत्यु ११ घाइते - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

बाजुरा जिप दुर्घटना : दुईको मृत्यु ११ घाइते



हिमालपोल्ट काठमाडौँ-

जिप दुर्घटना हुँदा बाजुरामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। चार जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान सवा ९ बजे बाजुराको तिलुचौरबाट कालिकोट जाँदै गर्दा भुवाखोलाको उकालो चढ्ने क्रममा जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी हवल्दार गणेश बमले दिएको जानकारीअनुसार दुर्घटनामा मृत्यु हुनेमा जिपका चालक कैलालीको टिकापुर नगरपालिका २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याड गाउँपालिकाका २४ वर्षीय रामबहादुर शाही रहेका छन्।

हाल घटनास्थलमै प्राथमिक उपचार भइरहेको छ। उनीहरूको उद्धारका लागि गृहमन्त्रालयमा सम्पर्क गरी हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ। जिप सडकबाट झण्डै ५० मिटर तल खसेको छ।