बझाङमा जिप दुर्घटना - ६ को मृत्यु, ६ गम्भीर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर



बझाङ –

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ  भने ६ जना गम्भीर घाइते भएको जानकारी वडा प्रहरी कार्यालयका सब-इन्स्पेक्टर महानन्द जोशीले बताए ।

एक बालक, दुई महिला र तीन पुरुषको ज्यान लिने दुर्घटनामा परी मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ।

जोशीले जिप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको बताए। दुर्घटनाको कारण भने पत्ता लागि नसकेको बताइएको छ।

दुर्घटनाग्रस्त जिप भिरमा अड्किएको छ र दुर्घटनाको बाँकी विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली घटनास्थलतर्फ गएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएको जोशीले जानकारी दिए।

(फाइल तस्बिर)