करेन्टले लियो जेसिबी चालकको ज्यान - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

करेन्टले लियो जेसिबी चालकको ज्यान



हिमालपोस्ट/काठमाडौँ

दाङमा आइतबार बिहान ११ बजेतिर लमही नगरपालिका ७ मा फसेको ट्रिपर निकाल्ने क्रममा करेन्ट लागेर प्युठान नगरपालिका ९ मरेङ निवासी २७ वर्षीय खेतुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

रा १ क १६६० नम्बरको ट्रिपर सम्राट सिमेण्ट उद्योग नजिक फसेपछि बा २ क ५६३९ नम्बरको जेसिबिले उक्त टिपर निकाल्ने क्रममा विद्युतको तार छुन पुग्दा गम्भीर घाइते भएका जेसिबीका सहचालक घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी विनोद विक्रम शाहले बताए।