जाने भए जाउ सार्वजनिक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

जाने भए जाउ सार्वजनिक



नेपाल गीत सङ्गीतमा लामो समय देखि गीत गायनमा गायकमा आफूलाई चिनाउदै आएका अनि पछिल्लो समय आफूलाई कुशल भिडियो निर्देशक भनेर चिनाउन सकेका सफल गायक तथा भिडियो निर्देशक हुन् सशान कडेल ।

साहारा एल्बममा सामाबेश गरिएको यिनै कंडेलको स्वर/शब्द अनि सङ्गीतमा रहेको नयाँ गीत “जाने भए जाऊ” सार्वजनिक भएको छ भने गीतमा विकास भुजेलको सङ्गीत संयोजन रहेको छ ।

अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडियोमा अस्ट्रेलियामै बसेर मोडलिङमा फरक नाम बनाएका मोडल राजु खानले निर्देशन गरेका हुन् ।

भिडियोमा सुदिप विष्ट/कृष्ण सुबेदी अनि मुकेश हुमागाईंको छायाङ्कन सँगै निशान घिमिरेको सम्पादन रहेको छ भिडियोमा भानु बराल, दिनेश कार्की तथा प्रतिभा महर्जनको उत्कृष्ट अभिनय रहेको छ ।