जन जागृतिमा नव आगन्तुक विद्यार्थिहरुलाई स्वागत - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

जन जागृतिमा नव आगन्तुक विद्यार्थिहरुलाई स्वागत



रमित पाण्डे / लम्की ।

कैलालीको लम्किचुहा नगरपालिका ५ चौरिमा रहेको जन जागृति माध्यामिक विद्यालयमा इन्जिनियरिङ समुहद्ववारा नव आगन्तुक विद्यार्थिहरुलाई आज एक कार्यक्रमका बिच स्वागत गरिएको छ । कैलालीको क्षेत्र नम्बर २ मा सिबिल इन्जिनियरिङ पढाई हुने एक मात्र बिद्यालय हो ।

सिभिल इन्जिनियरिङ कक्षा १० का विद्यार्थि पपिन सेजुवालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा विद्यालय व्यावस्थापन समितिका अध्याक्ष कृष्ण बहादुर बडुवाल रहनु भएको थियो भने बिशिस्ट अतिथिमा वडा नम्बर ५ का वडा अध्यक्ष माया बिष्ट,सहायक प्राध्यानापक मोति प्रसाद उपाध्यायाय र इन्जिनियरिङ समुहका प्रमुख शिक्षक कोमल प्रसाद अधिकारी,शिक्षक अभिभावक सङ्घका अध्यक्ष चन्द्रा प्रसाद चौधरी रहनु भएको थियो ।कार्यक्रम मा बिद्यालयका शिक्षकहरु डम्बरबहादुर थापा,गोरख बहादुर बटाला,नारायण काफ्ले,राज कुमार यादव, बिनोद आचार्य,निलम बिसि,दीपेन्द्र जैशी,उमेश खड्का,रेवती बोहरा , सीता राठौर, चित्रा उपाध्याय,यम शर्मा,टीका पौडेल, तेज राज ढकाल, नारायण न्यौपाने, हिउकला बजगाई,अभिभावक कमल बटाला,लगायत विद्यालयका बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षिका निलम बिसि अभिभावक कमल बटाला,शिक्षक नारायण न्यौपाने पुर्व प्राध्यापक डम्बरबहादुर थापा, बिद्यार्थि जगदीश उपाध्याय लगायतका ले मन्तव्य राखेका थिए । बोल्ने बधिकांस बक्ताले क्षेत्र नम्बर २ को एक मात्र प्राबिधिक शिक्षा उढाई हुने धिद्यालय भएकाले राम्रो बनाउन सबैले आफनो आफनो ठाउँबाट भुमिका खेल्लु उर्नेमा जोड दिईएका थिए । कक्षा १० कि विद्यार्थि रचना रावलको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन हिर्देस रावल र कृष्णा कठायत ले गरेका थिए ।