साहस भट्ट र राजु बोहोरालाई बाटोमा हिन्दा हिन्दै प्रपोज हानेपछी (हेर्नुहोस् भिडियो) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साहस भट्ट र राजु बोहोरालाई बाटोमा हिन्दा हिन्दै प्रपोज हानेपछी (हेर्नुहोस् भिडियो)



मङ्सिर १०/ काठमाडौँ

नेपाल साङ्गीतिक क्षेत्रमा विगत लामो समय देखि सक्रिय रहेका कुशल सञ्चार कर्मी एंव गायक हुन राजु बोहरा । नेपाली गीतसंगीतको संरक्षण र प्रबर्द्धन र श्रीवृद्धिको लागि अनबरत रूपमा लागिरहेका बोहरा १ दशक देखि रेडियो मिर्मिरेमा नेपाली गीतसंगीत कै संरक्षण र प्रचारप्रसारमा खटिएका छ्न् । रेडियोमार्फत विभिन्न कार्यक्रम उत्पादन र कार्यक्रम सञ्चालन गरेर धेरै भन्दा धेरै श्रोताको मन मा बसेका बोहरा गायन मा पनि उत्तिकै अब्बल छन् ।

उनले स्वर भरेका मुटु दुख्ने पिरती , माया मारेनी , माया गर्ने मान्छे , छुट्यो माया जाल , लगाएतका करिब २ दर्जन भन्दा बढी गीतहरूले नेपाली साङ्गीतिक बजारमा राम्रो चर्चा पाइसकेका छ्न भने भर्खरै मात्रै राजु बोहराले नै स्वर भरेको निकै रमाइलो गीत “जमाना नि के आयो” सार्वजनिक भएको छ स्वरमा गायिका एंव मोडल सिर्जु अधिकारी ले साथ दिएकी छ्न । साहस भट्ट र कृष्ण बस्नेत समिप को शब्द रचना लाई साहस भट्ट ले नै लय भरेका छ्न ।

यस  गीतको म्युजिक भिडियो अहिलेका व्यस्त युवा निर्देशक विक्रम चौहानले गरेका हुन भने प्रकाश खड्काले खिचेका छ्न मिलन बिक को सम्पादनमा तयार भएको यश गीतको म्युजिक भिडियोमा बल्छी धुर्बे,(मरिचमान श्रेष्ठ ) सिर्जु अधिकारी लगायत साथीहरूको अभिनय देख्न सकिन्छ ।