देशव्यापी रूपमा खुल्यो जगाको कित्ताकाट - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

देशव्यापी रूपमा खुल्यो जगाको कित्ताकाट



काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गरेको छ । बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ’, मन्त्री शर्माले भनिन, ‘नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ।’

प्रवक्ता शर्माले काठामाडौं तराई फास्टट्रयाकमा पर्ने खोकना जग्गा सम्बन्धी समस्या समाधान गर्न रक्षामन्त्री पुर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय भएको बताईन् । उनले उक्त समस्या समाधान गर्न समितिलाई तीन महिनाको समय दिएको पनि बताईन् ।