नेकपा एसका प्रवक्तालाई प्रचण्डले किन बोलाए छुट्टै बालुवाटार ? - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

नेकपा एसका प्रवक्तालाई प्रचण्डले किन बोलाए छुट्टै बालुवाटार ?



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न खतिवडा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रह गरेको बताइएको छ ।

उनको जवाफमा खतिवडाले यसबारे पार्टीमा छलफल गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरिरहेका छन् ।