जाडोमा अनारको बिक्रीमा वृद्धि - Himal Post Himal Post
  • ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
Logo

जाडोमा अनारको बिक्रीमा वृद्धि



पूजा पन्थी
बुटवल। जाडो समयमा फलफूलको माग घटेपनि यो पटक अनारको बिक्री बढी भएको छ ।

सुन्तलाको बिक्री जाडो समयमा अलि धेरै हुने भए पनि सुन्तलाको उत्पादन यो वर्ष कमी हुनु तथा मूल्य पनि बढी हुँदा सुन्तलाको बिक्रीमा कमी आएको बुटवल कृषि उपज थोक बजार केन्द्रले जानकारी दिए ।

बुटवल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीका अनुसार पोहोर सबैभन्दा बढी सुन्तला बिकेको थियो । अहिले भने अनारको बिक्री बढी भएको छ । अनारको उत्पादन नेपालमा नभएको कारण सबै भारतबाट आउने पन्थीले जानकारी दिए ।

प्राविधिक समस्याको कारण र १ वर्ष बढी १ वर्ष कम फल्ने भएको कारण अहिले सुन्तलाको उत्पादनमा कमी भएको हो । उनी भन्छन्– अनार गत वर्षको तुलनामा सस्तो रहेको छ । गतवर्ष यो समयमा १ सय ४० देखि १ सय १६० प्रतिकेजी रहेकोमा यो वर्ष १ सय रूपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।

अनार दैनिक नेपालमा ५ टन भित्रने गरेको छ । अनार बुटवलदेखि गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रुपन्देही, स्याङजा, बागलुङ र नवलपरासी जाने गरेको पन्थीले बताए । उनका अनुसार अहिले बुटवलमा सुन्तला दैनिक १४ टन भित्रने गरेको छ । सुन्तला भने गुल्मी, पाल्पा र स्याङजाबाट आएको छ । र सुन्तला महङ्गोको कारण चितवन, इटहरी र बितामोड गएको छ ।

आएको सुन्तला १४ हजार टन नैै दैनिक बिक्री हुने गरेको छ । भने अनार पनि ५ टन (९५ हजार किलो) नै बिक्री हुने गरेको छ । अहिले १०० रुपैयाँ किलो अनार र ८५÷१०० रुपैयाँ किलो सुन्तला बिक्री हुने गरेको छ ।